धादिङ,२६ असोज ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं.३ धादिङबेसीका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सोमबार काठमाडौंको सुमेरु अस्पतालमा २२ वर्षिय युवकको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
असोज २२ गते कोरोना पुष्टि भएका ति युवकमा अत्यधिक ज्वरो आएका कारण उपचारको लागि काठमाडौं पठाइएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनुभयो । यो सँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
यसअघि धादिङको नीलकण्ठ–९ का ३१ वर्षिय पुरुष, नीलकण्ठ–१४ का ३२ वर्षिय पुरुष,बेनिघाट रोराङ–७ का ४५ वर्षिय पुरुष, सिद्धलेक–६ का ४५ वर्षिय पुरुष,नेत्रावती डबजोङ–३ की ८७ बर्षिया महिला र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ की ३२ वर्षिय महिलाको कोरोना संक्रमणबा निधन भएको थियो । त्यस्तै रसुवा घर भएका एक पुरुषको गजुरीमा मृत्यु भएको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)