ड्र्राइभर भाई सुजन गुरुङ र रचना रिमालले गाएको गित “दुई दिनको जिन्दगीमा” युटुब ट्रेण्डिङ्गमा

 २० आश्विन २०७७, मंगलवार १४:५६  मा प्रकाशित

धादिङ्ग | सिन्धुपाल्चोकका सुजन बाबु गुरुङ र गायिका रचना रिमाल को आवाज मा रहेको नयाँ गित बजारमा आएको छ ।

शिशिर भण्डारीको शब्द र सङ्गितमा कहि दिन अघि मात्रै नयाँ नयाँ न्युज नेपाल बाट सार्वजानीक भएको हो । सिन्धुपाल्चोकका सुजन बाबु गुरुङको जीवन केहि दिनअघिसम्म सामान्य थियो । आफ्नो गाउने कलालाई दबाउँदै उनी दैनिक बुढानिलकण्ठ रत्नपार्क रुटको गाडी चालकको रुपमा आफ्नो जीविको चलाउँदै थिए ।

त्यसैबिच २३ बर्षका सुजनको जीवनमा ठुलो परिवर्तन आयो, जब उनको बारेमा थाहा पाएर कलाकार सँचारकर्मी शिशिर भण्डारी उनको प्रतिभाको भिडियो बनाए । ११ बर्षको उमेरमा गरिवीले पिरोलेपछि काठमाडौंमा आएर अनेकौं सँघार्ष गरेका सुजनको जीवन कथाले सबैलाई रुवायो र उनको कलाले सबैको मन लोभ्यायो । सबैको माया पाएपछि शिशिरले पहिलो अन्तर्वार्तामै गरेको बाचा पुरा गरे ।

अहिले गीतको चौतर्फी चर्चा छ । गीत YOUTUBE TRENDING मा आएको छ ।

भिडियो हेर्नुस:

 

२० आश्विन २०७७, मंगलवार १४:५६  मा प्रकाशित

Write your Comment