‘मासको मस्यौरी’ लाई १० लाखले हेरे

 १३ आश्विन २०७७, मंगलवार २०:१४  मा प्रकाशित

धादिङ्ग | पछिल्लो समय भाइरल भएकी बाल गायिका कमला घिमिरे र चर्चित गायक राजु परियार ले गाएकोगित ‘मासको मस्यौरी’ लाई १० लाखले हेरेका छन् ।

रमेश बिजीको शब्द तथा प्रदीप अधिकारीको लय रहेको गीत प्रदीप अधिकारी युट्युब च्यानलमार्फत शुक्रबार सार्वजानिक गरिएको थियो । अपलोड भएको ४ दिन नबित्दै १० लाखले हेरेका छन् ।

म्युजिक भिडियोमा विमल अधिकारी, जुना सुन्दास, लक्ष्मी तिमल्सिना, हेरुका लामा, रमेश थापा, नीर आले, सुमन परियार, मनिषा परियार, रविना भण्डारी, पूजा सिलवाल र आकांक्षा तामाङले अभिनय र मोडलिङ गरेका छन् ।

मनोज कार्कीले सम्पादन गरेको गीतको भिडियो कोरियोग्राफर दीपेन्द्र तिमल्सिनाको निर्देशनमा तयार भएको हो ।

यस्तो छ भिडियो:

१३ आश्विन २०७७, मंगलवार २०:१४  मा प्रकाशित

Write your Comment