धादिङ्गको मुक्तिनाथ मन्दिर नजिकै ट्याक्सी दुर्घटना हुदा एक जनाको मृत्यु

 ८ आश्विन २०७७, बिहीबार २२:१७  मा प्रकाशित

धादिङ्ग-असोज ८ | काठमाडौबाट धादिङतर्फ आउदै गरेको ट्याक्सी कालुपाण्डे राजमार्गको मुक्तिनाथ मन्दिर नजिकै दुर्घटना भएको छ ।

बिहिबार बेलुकी ८ बजे तिर धादिङ्गको शिद्धलेक गाउँपालीका स्थित मुक्तिनाथ मन्दिर नजिकै तिरतिरे धारा बाट खसेको जिल्ला प्रहरी कार्यलय धादिङ्ग ले जनाएको छ ।

गुड्दै गरेको ट्याक्सी सडकबाट अन्दाजी एक सय पचास मिटर तल खस्दा एक जानको घटना स्थल मै मृत्यु भएको भने चार जना घाईते भएका छन् । मृत्यु हुनेमा खनियाँवास गाउँपालीका निवासी पचास वर्षीय विन्दु तामाङ्ग हुन् ।

घाईते हरुको मलेखु अस्पतालमा उपचार हुदै छ ।

८ आश्विन २०७७, बिहीबार २२:१७  मा प्रकाशित

Write your Comment