धादिङमा थप ५ जनालाई कोरोना संक्रमण

 ५ आश्विन २०७७, सोमबार १८:३५  मा प्रकाशित

धादिङ | सोमबार धादिङका ५ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या ३ सय ८५ धादिङमा सोमबार ५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएका छन् ।
थप पुष्टी हुनेहरुमा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ का २८ वर्षीय महिला, गंगाजमुना गाउँपालिका वडा नम्बर ५ का १८ वर्षीय पुरुष, वडा नम्बर ७ का २८ वर्षीय पुरुष, गजुरी गाउँपालिका वडा नम्बर २ का ४३ वर्षीय महिला र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय महिलामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो ।
यो सँगै धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ८५ रहेको छ, जसमध्ये २ सय ५९ जना निको भएर घर फर्किएका छन् ।
५ आश्विन २०७७, सोमबार १८:३५  मा प्रकाशित

Write your Comment