हराएका बुबा टिकटकमा भेटिए

 ५ आश्विन २०७७, सोमबार १८:३०  मा प्रकाशित

काठमाडौं / अहिले धेरैले टिकटक भिडियो बनाएर रमाइलो गर्ने गर्छन् । टिकटकमा बालबालिकादेखी उमेर पुगेका मानिसहरुलाई पनि देखिन्छन् । फेसबुक, ट्वीटर, युट्युब भन्दा पनि अहिले टिकटकका फ्यानहरु धेरै भएका छन् । धेरै युवायुवतीहरु खाली समयमा टिकटकमा नै व्यस्त हुने गर्छन् ।

यस्तै टिकटक भिडियोले नै हराएका मानिस भेटिएका छन् । लामो समयदेखी हराएका मानिसले टिकटकले नै गर्दा आफ्नो परिवार फेला परेका छन् । यो घटना भारतको तेलंगानाको हो । तेलंगनाको भद्रादी कोठागुडममा बस्ने५५ वर्षका एक व्यक्ति हराए । बोल्न र सुन्न नसक्ने ती व्यक्ति पञ्जावको लुधियाना शहरमा पुगे । बोल्न र सुन्न नसक्ने हुनाले आफ्नो घर फेला पार्न सकेनन् । घर जाने बाटो नपाएपछि उनी फ्लाईओभर भन्दा तल अरु मानिसहरु पनि बस्ने ठाउँमा बस्न थाले । बोल्न र सुन्न नसक्ने हुनाले उनले आफ्नो बारेमा कसैलाई जानकारी गराउन सकेनन् । उनी हराएको बर्ष बित्यो । कोरोना महामारी पनि आयो ।

कोरोनाका कारण लकडाउन हुँदा उनले खानेकुरा पनि पाउन सकेनन् । उनी भोकै पनि रात बिताउन थाले । त्यसपछि एक दिन पञ्जाव पुलिसले कन्सटेबल अजैव सिंहले त्यहाँ रहेकाहरुलाई खाना खुवाउन पुगे । खाना खुवाएको भिडियो खिचे र सामाजिक सञ्जालमा राखे । भिडियो टिकटकमा पनि भाइरल बन्यो । टिकटक भिडियो देखेपछि गाउँका मानिसहरुले परिवारलाई खबर गरिदिए । त्यसपछि परिवारले उनलाई घर लगको भारतिय मिडियामा बताइएको छ ।

५ आश्विन २०७७, सोमबार १८:३०  मा प्रकाशित

Write your Comment