सिताराम परियार र भाईरल मेनुका परियारको पहिलो गित ‘चल्यो बतास’ (भिडियोसहित)

 ५ आश्विन २०७७, सोमबार १२:४४  मा प्रकाशित

धादिङ | धादिङमा संचार कर्मी तथा गायकका रुपमा सिताराम परियार परिचित नाम हो । दर्जनौ एल्बमहरु बजारमा ल्याई सकेका परियार धादिङबेसीकै एक रेडियोमा संचार कर्मीको भुमिका निर्वाह गर्दै आएका थिए ।

पछिल्लो समय एल्बम सङ्गै लाईभ दोहोरीमा धादिङ मात्र नभै देशव्यापी रुपमा आफुलाई स्थापित गरि सकेका गायक सिताराम परियारले आर्को नयाँ गित बजारमा ल्याएका छन । भाईरल मेनुका परियारको पहिलो गीत चल्यो बतास बजारमा आएको छ । खरो मिडिया युटुब च्यानलमार्फत सार्वजनिक भएको गीतमा सिताराम परियार र मेनुका परियारको आवाज रहेको छ ।

गीतमा गोविन्द पंगेनीको संगित रहेको छ । अलाप स्टुडियोमा रेकर्ड गरिएको गीतमा करिष्मा ढकाल, सरद एल।जी। लगायत कालाकारहरु रहेका छन् । गीतको निर्देशन अमर सुनारले गरेका हुन् ।

गाएक परियार ले मेनुका जस्तै धेरै नयाँ प्रतिभालाई साथ दिइसकेका छन् ।

यस्ताे छ भिडियो:

५ आश्विन २०७७, सोमबार १२:४४  मा प्रकाशित

Write your Comment