धादिङ्ग को थोपल खोलामा एक महिलाको शब भेटियो

 ४ आश्विन २०७७, आईतवार १९:४२  मा प्रकाशित

धादिङ | धादिङको थोपल खोलामा एक महिलाको शब भेटिएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाह स्थित थोपल खोलामा महिलाको शब भेटिएको हो । मृत्यु हुने महिला सोही स्थानकी ४५ वर्षीय अप्सरा पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका इन्सपेक्टर जयन्ती थापाले जानकारी दिनु भयो । उक्त महिला शनिबार बेलुकी ५ बजेदेखि बेपत्ता भएको र आफन्तहरुले खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेको थापाले जानकारी दिनु भयो ।

शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल धादिङमा ल्याइएको छ ।

हेर्नुस् भिडियो:

४ आश्विन २०७७, आईतवार १९:४२  मा प्रकाशित

Write your Comment