सविता परियार र विमल परियारको ‘गाँवै रमाइलो’ सार्वजनिक

 २ आश्विन २०७७, शुक्रबार १८:२७  मा प्रकाशित

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक भईरहेको छन् ।

यसै विच लोकदोहोरी गायिका सविता परियार र गायक विमल परियारको  आवाजमा रहेको दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक भएको छ । गीतको शब्दमा आफू विदेशमा भएपनि दशैँ, तिहार आएको समयमा आफ्नो देश र गाउँ नै प्राकृतिका सुन्दरताको झल्कोले रमाइलो भएको जस्ता विषयलाई उठान गरिएको छ ।

सर्जक शिव हमालले उत्कृष्ट लय शब्दमा रहेको गितमा  सुनील परियारको संगीत संयोजन रहेको छ । सर्जक हमालकै युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोलाई बिक्रम चौहानले निर्देशन गर्नुका साथै राजेश घिमिरेको छायांकन तथा लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।

गितको म्युजिक भिडियोमा  सर्जक शिव हमाल, कृष्ण रेउले, रमेश बाबु थापा, अर्जुन खड्का, मोडल रिना थापा, रितु तामाङ, अस्मीता राना, अर्चना काउचा, निशा मगर, सञ्जिता राना, कमल–नारायणी, प्रियंका नेपाली, रबिन ठकुरी, विमला गुरुङ, शरद एलजी, हरि घिमिरे, रमेश खाँण, सुमित्रा खाँण, अकवर खाँण र राजकुमार अधिकारी लगायत धेरै कलाकारहरुले अभिनय गरेका छन् ।

हेर्नुहोस् गितको म्युजिक भिडियो :

२ आश्विन २०७७, शुक्रबार १८:२७  मा प्रकाशित

Write your Comment