शिशिर भण्डारीले अहिलेसम्म अभिनय नगरेको भुमिका र कथामा “बाधी राखन”

 १ आश्विन २०७७, बिहीबार १४:५३  मा प्रकाशित

धादिङ्ग | पछिल्लो समय समाजसेवा संगै कलाकारितालाई पनि संगै अघि बढाईरहेका शिशिर भण्डारी अभिनित “बाधी राखन” को भिडियो सार्बजानीक भएको छ ।

सो गीतको भिडियो हालै युट्युबमा सार्वजनिक भएको छ । बुधवार शिशिरकै नयाँ नयाँ न्युज नेपाल नामक युट्युब च्यानल मार्फत गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । सोहि गितमा गायक तिलक बस्नेत र गायिका कल्पना पाण्डेको स्वर मा प्रकाश न्यौपानेको शब्द रहेको छ भने गायक बस्नेतकै संगीत रहेको छ ।

गीतको भिडियोमा भण्डारीलाई रोशनी कर्किले अभिनयमा साथ दिएकी छन् । यसैगरी रमेश सेन्चुरीले एरेन्ज गरेको यस गीतलाई सिर्जन बरालले निर्देशन गरेका छन् । भिडियोको छायाकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईको रहेको छ । केहि समय अगाडी भण्डारीको लेखन तथा अभिनय रहेको गीत ‘फोटो फिरिममा’ मेल तथा फिमेल भर्सनले ब्यापक सफलता बटुलेको थियो । समाजसेवामा तल्लिन उनको हाल म्युजिक भिडियो सार्बजनिक हुने क्रम बाक्लिदो रहेको छ ।

हेर्नुस भिडियो यस्तो बनेको छ

१ आश्विन २०७७, बिहीबार १४:५३  मा प्रकाशित

Write your Comment