‘मेरो माया हार होईन’ भन्दै आईन् रचना रिमाल (भिडियो सहित)

 १७ श्रावण २०७७, शनिबार ११:११  मा प्रकाशित

धादिङ्ग/ पछिल्लो समय फोटो फिरिममा लगाएत धेरै गितहरु बाट नेपाली संगीतप्रेमीहरु माझ लोकप्रिय भैरहेकी रचना रिमालको स्वरमा रहेको ‘मेरो माया’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ ।

सो गीतको भिडियोमा उनी आफै गाउदै देखिएकी छन भने भिडियोलाई रचनाले आफ्नै नामको युट्युब च्यानलबाट सार्बजनिक गरेकी छन् । गीतमा किश्वर पोखरेलको शब्द समावेश गरिएको छ भने नवीन कर्कीले संगीत भरेका छन । सुमन केसिले एरेन्ज गरेको गीतमा खेम सरु मगरले छायांकन गरेका छन ।

नेपाल आईडलमा उत्कृष्ट ८ सम्म पुगेका उनको गायिकिका कारण धेरैले उनलाई चिने । त्यसपश्चात् ‘फोटो फिरिममा’ गीतले उनलाई ब्यवसायिक गायिकाको रुपमा परिचित बनायो । एक पछि अर्को गीत सार्बजनिक भएसंगै हिट पनि भैरहेका छन् ।
हेर्नुस् भिडियो:

१७ श्रावण २०७७, शनिबार ११:११  मा प्रकाशित

Write your Comment