प्रताप दासको आवाजमा चर्चित गीत “फोटो फिरिममा”को मेल भर्जन सार्वजनिक

 २९ असार २०७७, सोमबार १७:१६  मा प्रकाशित

धादिङ/चर्चित गीत “फोटो फिरिममा”को मेल गायक प्रताप दासको सुमधुर आवाज भर्जन मा सार्वजनिक भएको छ।

यस भन्दा अगाडि फिमेल भर्जनमा नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालले आवाज दिएकी थिइन् । उनको आवाजमा रहेको गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाएका थिए। मेल भर्जनमा पनि प्रतापको आवाज निकै उत्कृष्ट रहेको छ।  गीतमा शिशिर भण्डारीको शब्द तथा संगीत रहेको छ।

गीतको भाव अनुसार भिडियो पनि एकदम उत्कृष्ट बनेको छ। भिडियोमा शिशिर भण्डारी, रिस्ता बस्नेत, निक शर्मा, श्रद्धा गौतम, नीरआयु गौतम र निर्मल न्यौपानेको अभिनय रहेको छ।

भिडियोमा शिशिर भण्डारीले जिवन्त अनि कारुनिक अभिनय गरेका छन् । भिडियोलाई सागर बाबू भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कथा तथा परिकल्पना शिशिर भण्डारीकै रहेको छ ।

अनिल के मानन्धरले खिचेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् भने रंग संयोजन दिन्सन शाहले गरेका छन् । गीतको भिडियो नयाँ नयाँ न्युज नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

 हेर्नुस् भिडियो:

२९ असार २०७७, सोमबार १७:१६  मा प्रकाशित

Write your Comment