बाराकाे निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटियो

 १३ असार २०७७, शनिबार १६:४२  मा प्रकाशित

१३ असार ।  नेपालमा सलह किरा भित्रिएको छ ।

बाराकाे निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए ।

‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने ।

सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।

१३ असार २०७७, शनिबार १६:४२  मा प्रकाशित

Write your Comment