३२ वर्षीय महिलामा कोरोना संक्रमणसँगै एचआइभीको रिपोर्ट पनि पोजेटिभ

 २७ जेष्ठ २०७७, मंगलवार १९:५८  मा प्रकाशित

धादिङ २७ जेष्ठ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसी अलपत्र परेकी ३२ वर्षीय एक महिलामा कोरोना संक्रमणसँगै एचआइभीको रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।

गजुरी गाउँपालिका घाटबेसीमा अलपत्र परेकी ती महिलालाई गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गानाको नेतृत्वको टोलीले उद्धार गरी पुर्नस्थापना केन्द्र लाने तयारी गरिएको थियो । पुर्नस्थापना केन्द्रले कोरोना परीक्षण नगरी राख्न नसकिने बताएपछि जेष्ठ २१ गते स्वाव सङ्कलन गरी चिततवनको भरतपुर अस्पताल पठाएको थियो ।

भरतपुर अस्पतालको क्वारेन्टाईनमा रहनुभएकी ती महिलामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका डा. श्रीराम तिवारीलाई उदृत गर्दै गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिनुभयो । मानसिक सन्तुलन गुमाएकी महिला डेढ वर्ष अघिदेखि घाटबेसी आसपास क्षेत्रमा बस्दै आइरहेकी थिइन् । ती महिलामा एक्कासी स्वास्थ्यमा समस्या, ज्वारो आउन थालेपछि स्वाव संकलन गरी जेठ २१ गते चितवनको भरतपुर कोरोना अस्पतालमा पठाइएकोमा सोमबार कोरोना संक्रमण पुष्टि भएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रेग्मीले जानकारी दिनु भयो ।

उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । समयमै बेबारिसे अवस्थामा रहेकी उक्त महिलाको उद्धार गरी उपचारको प्रकृयामा लगेर स्थानीयलाई कोरोना सङ्क्रमणको जोखिमबाट जोगाएकोप्रति गाउँपालिका उपाध्यक्ष ढुङ्गानालाई स्थानीयले धन्यवाद दिएका छन् ।

फोटो : सामाजिक सञ्जाल

२७ जेष्ठ २०७७, मंगलवार १९:५८  मा प्रकाशित

Write your Comment