नरेश र समीक्षाले ल्याए प्रेम सम्बन्धमा आधारित गित ‘माया मारेर’

 २७ जेष्ठ २०७७, मंगलवार ०७:५३  मा प्रकाशित

धादिङ । गायक नरेश खाती र गायिका समीक्षा अधिकारीको स्वरमा ‘माया मारेर’ बोलको गीत रिलिज भएको छ ।

गीतको शब्द र संगीत खातीले नै दिएका छन् । गीतका एरेञ्जर कृष्ण बि.क. हुन् । गायक खातीले लकडाउनका बेला भए पनि गीत आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन गायक खातीले नै गरेका छन् । भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । म्युजिक भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, जेम थापा, बलबहादुर, नरेश खाती र समीक्षा अधिकारीले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् :

२७ जेष्ठ २०७७, मंगलवार ०७:५३  मा प्रकाशित

Write your Comment