रचना रिमालको सारा दुनिया रुवाउने गित “कोसँग बोलुँ ?” को भिडियो सार्बजनिक

 २७ जेष्ठ २०७७, मंगलवार ०७:४२  मा प्रकाशित

धादिङ । नेपाल आईडल बाट चर्चा बटुलेकी चर्चित गायिका रचना रिमालको “कोसँग बोलुँ ?” को भिडियो सार्बजनिक गरिएको छ।

कृष्ण उदाशीको मार्मिक शव्द , गौरभ दर्पणको उत्कृष्ट संगीत रहेको गितको भिडियो युवा मन नेपाल बाट सार्बजनिक गरिएको हो ।

पर्पल स्टुडियोमा रेकर्ड भएको उक्त गीतको निर्देशन तथा छायाङ्कन बिबेक हिङ्माङले गरेका हुन् । एलिशा पोख्रेल र छवि श्रेष्ठको मुख्य भूमिका रहेको उक्त गीतको म्युजिक भिडियोमा शब्द अनुसारको भाब देखाउन खोजिएको निर्माता किशोर श्रेष्ठले बताए ।

गीत सार्वजनिक भइसकेपछि राम्रो प्रतिक्रिया आइरहेको रचना रिमालले बताएकी छिन् ।

हेर्नुस् भिडियो:

२७ जेष्ठ २०७७, मंगलवार ०७:४२  मा प्रकाशित

Write your Comment