धादिङका अनलाइनहरु एकतावद्ध भई डिजिटल मिडिया नेटवर्क गठन

 २४ जेष्ठ २०७७, शनिबार २१:३१  मा प्रकाशित

धादिङ जेष्ठ २४ । धादिङमा संचालनमा रहेका अनलाइनहरु एकता वद्ध भई डिजिटल मिडिया नेटवर्क (डिएमएन) गठन भएको छ ।

धादिङमा दर्ता भएका अनलाइनहरुको जुम मिटिङमा भएको भेलाले केशव अधिकारीको अध्यक्षतामा ९ सदस्यीय डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङ गठन भएको हो ।

भेलाले अधिकारीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा गोमा थापा, सचिवमा नारायण सिलावल र कोषाध्यक्षमा आशिष ठकुरी, सदस्यहरुमा शिवप्रसाद देवकोटा (संजय), बद्री अधिकारी, दोलख गुरुङ, विवेक अर्याल र धर्मेन्द्र श्रेष्ठलाई चयन गरिएको छ ।

भेलामा आमन्त्रित अतिथि पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्माले धादिङका अनलाइनहरु संगठित भएकोमा खुसी व्यक्त गरेका थिए । अनलाइनहरुलाई व्यवस्थित र मर्यादिन बनाउन सहयोग पुग्नेमा आशा राखेका थिए ।

२४ जेष्ठ २०७७, शनिबार २१:३१  मा प्रकाशित

Write your Comment