काठमाडौं । काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
उनीहरुमध्ये २४ देखि ३२ वर्ष उमेरसम्मका ३ महिला र २८ वर्ष उमेरका एक जना पुरुष रहेको देवकोटाले जानकारी दिए ।यो सँगै नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ ।
यस्तै उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए । यो सँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ ।जसमध्ये २१२ जना पुरुष छन् भने ५४ जना महिला रहेका छन् ।
यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ । प्रदेशअन्तरगत प्रदेश १ मा ४८ जना, प्रदेश २ मा १ सय ४ जना बाग्मती प्रदेशमा ३० जना गण्डकी प्रद्शमा ३ जना प्रदेश ५ मा ७४ जना र सुदुरपश्चिम प्रदेशबाट ७ जना गरेर जम्मा २ सय ६६ जना संक्रमित निको भएका छन् ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)