धादिङ – २९ मंसिर
राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं.३ जिल्ला शाखा धादिङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
लोकतन्त्रको मुल आधार समान सहभागिता र बिभेद मुक्त समाज, अभिव्यत्ति स्वतन्त्रता र मर्यादित पत्रकारीतामा हाम्रो आवाज भन्ने मुल नाराको साथ आईतबार धादिङबेशी राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं.३ जिल्ला शाखा धादिङको प्रथम जिल्ला भेला सम्पन्न भएको हो ।
भेलाबाट हरि विश्वकर्मा अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं.३ जिल्ला शाखा धादिङको ९ जनाको कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष याकराज मग्राती, सचिवमा शुसिला विश्वकर्मा, सह–सचिव रोसनी नेपाली र कोषाध्यक्षमा अनिल कुमार नेपाली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कोपिला बिसुन्के,सिता वि.क,रञ्जना परियार,कुमार विश्वकर्मा चयन भएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ धादिङका जिल्ला संयोजक हरी विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको जिल्ला भेलामा प्रदेश नं.३ का प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेकपाका प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारी र राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ का इन्चार्ज भीम घिमिरे विश्वकर्माको बिशेष आतिथ्य रहेको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ का सचिव बसन्त परियार, नेपाल कम्युनिष्ट पार्टि(नेकपा)का नेता रामबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टि(नेकपा) नीलकण्ठ नगर कमिटिका अध्यक्ष दिपक विश्वकर्मा,नेपाली काङग्रेसका जिल्ला सचिव हरीराम बुर्लाकोटी,समाजबादी पार्टी धादिङका नेता नन्द्र प्रसाद काप्री, संचारकर्मीहरु लगायतको सहभागीता रहेको थियो ।