मंसिर २२, धादिङ
सिद्धलेकको आम्कोटमा एक युवतीको शव शौचालयको सेफ्टि ट्याङकीमा फेला परेको छ ।
सिद्धलेक गाउँपालिकाको वडा नं ३ स्थित आम्कोटमा एक युवतीको शव शौचालयको सेफ्टि ट्याङकीमा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवत्ता तथा सुचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।
करीव २० वर्षिय अनिसा तामाङ नाम गरेकी युवतीको ठेगाना भने नखुलेको खड्काले जानकारी दिनुभयो । शवलाई प्रहरीले सेफ्टिट्याङकीबाट निकालेर पोष्ट मार्टमको लागि जिल्ला अस्पताल धादिङवेशी ल्याएको छ । महिलाको शव सेफ्टिट्याङकीमा फालिएको भन्ने विशेष सुचनाको आधारमा खोज तलास गर्दै जाँदा आम्कोटका स्थानीय अर्जुन सुयल मगरको घरको सेफ्टिट्याङकीमा करिव २० दिन पहिलेनै हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला परेको खड्काले बताउनुभयो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाइ पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा शव फेला परेको सेफ्टि ट्याङकी भएको घरवेटी अर्जुन बहादुर सुयल मगर, इन्द्र बहादुर थापा मगर र छवि थापा मगर रहेका छन् । उनिहरुलाइ अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धादिङ लेराईएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको खड्काले बताउनुभयो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)