धादिङ, ८ मंसीर
धादिङबेसी स्थित पशुपति मन्दिरमा आज साँझ मेला लाग्दै छ ।
आज रातभर महादेवको मन्दिरमा बत्ति बाली भजन किर्तन गाई जागाराम बस्ने प्रचलन गरहेको छ । आज रातभर बत्ति बालेपछि भोली विहान सतबीज (सतबीउ) छर्ने प्रचलन रहेको छ । मसिंर कृष्ण चर्तुदशीको विशेष दिन नै वाला चतुर्दशी हा मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राकालागि अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ । सतविज भन्नाले पितृ उद्दारसंग सम्बन्धित चर्चित धार्मिक वनहरु जस्तैः कैलाश डाँडा, श्लेष्मान्तक वन अनि अन्य आस्था गाँसिएका वनहरुमा गएर छर्ने सातप्रकारको अन्नहरु पर्दछन ।
यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधानायूक्त शतविज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ । वि.स. २०२३ सलामा राजा महेन्द्रले शिवमन्दिर बनाउन अनुमति दिए सँगै नियमित कार्तिक वाला चतुर्दशी मेला लाग्दै आएको विश्वास गरिदै आएको छ । भोली विहान बाजा भजन किर्तन गरि फुलको डोली तार्ने प्रचलन रहेको छ । यसो गर्दा आटेको कुरा पुग्ने र मृत्य आत्माले शान्ति पाउने जन विश्वास रहदै आएको छ ।
अहिले मेला स्थलमा भक्तजनहरुको भिड बढ्दै गईरहेको छ । जात्रालाई मध्यनजर गरेर व्यावसायीहरुले मन्दिर वरपर पसल राखीसकेका छन् । जात्राको ममयमा हुने उछृङखल गतिविधि रोक्न प्रहरी पनि परिचालन गरीएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)