जनकपुर, ५ मंसीर
जनकपुरधामकी २६ बर्षीया एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् ।
बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का बजरंगप्रसाद जयसवालकी पत्नीले धनुषा अस्पतालमा एकै पटक तीन शिशु जन्माएकी हुन् ।
प्रसुति व्यथा लागेपछि उपचारका लागि अनिषा जयसवाललाई जनकपुरधामस्थित धनुषा अस्पतालमा भर्ना गरिएको थियो । बिहीबार बिहान शल्यक्रियामार्फत बच्चा जन्माएको धनुषा अस्पतालले जानकारी दिएको छ ।
प्रत्येक एक मिनेटको अन्तरालमा २ छोरी र १ छोराको जन्म भएको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार तीन वटै शिशुको तौल २ किलोग्राम भन्दा माथि छ ।
तीन वटा शिशुमध्ये एउटा शिशुको स्वास्थ्य अवस्था केही कमजोर रहेका कारण आईसियुमा राखेर उपचार भइरहेको जनाइएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)