धादिङ, १४ कात्तिक
नीलकण्ठ नगरपालिका वडा नं. ९ को कार्यालयमा तोडफोड भएको छ ।
तिहार बिदाको समय पारी नीलकण्ठ नगरपालिक वडा नं. ९ ज्यामिरेमा रहेको कार्यालयमा तोडफोड गरिएको हो ।
कार्यालयको मेन गेट सहित ५ वटा ढोका, स्टिल दराज र वडा अध्यक्षको कार्यकक्षमा भएको टेबुल घर्राको लक तोडेको वडा अध्यक्ष भोज बहादुर रेग्मीले बताउनु भयो । तिहारको समयमा कार्यालय बन्द भएकाले कहिले तोडफोड गरिएको एकिन गर्न सकिएको छैन । एउटा मेलमिलाप सम्बन्धी फाइल बाहेक अरु कागजपत्र तथा भौतिक सामाग्रीहरु हराएको छैन । बिहिबार कार्यालय समयमा कार्यालय खोल्न जाँदा कार्यालय सहयोगीले तोडफोड गरिएको देखेपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरिएको थियो ।
चाडपर्वमा मादक पदार्थ सेवन गर्नेहरुले कार्यालय तोडफोड गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले बताउनु भयो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)