धादिङ, १३ कात्तिक
जंगली जनावर दुम्सी मा रेर खाने पाल्पाको रिव्दीकोट गाउँपालिकाका तीन जना पक्रा*उ परेका छन् ।
रिव्दीकोट गाउँपालिका–५, कुसुमखोला मुरेडाँडा बसन्त बहादुर खड्का, सोही गाउँपालिका ६ का भीमबहादुर गाहा, र धनबहादुर गाहा पक्रा*उ परेको प्रहरीले जानकारी दिएको छ । डिभिजन वन कार्यालयको अनुरोधमा प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । भीमबहादुर छोरा आषिश गाहाको नाममा समेत पक्राउ पुर्जी जारी गरेको प्रहरी जनाएको छ । उनी बिरामी भएकाले पक्राउ नगरिएको बताइएको छ ।
कुसुम खोलाका बसन्तले ‘बल्ल आज दुम्सीको मासु खान पाइयो’ भन्ने लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । विभिन्न व्यक्तिलाई समेत ट्याग गरिएको थियो भने, म रेको दुम्सी र मासु का टेको देखेपछि त्यसैको आधारमा पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन चापागाईले बताए ।
यसरी जंगलका कुनै पनि वन्यजन्तु माु रेर वैधानिक रुपमा खान पाइदैन । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अगाडी बढाइएको अनुसन्धान अधिकृत यमलाल पोखरेलले बताए ।
उहाँका अनुसार २० हजारसम्म जरिवानाका साथै एक वर्षसम्म कैद वा दुबै सजायँको व्यवस्था छ । अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । उनीहरुले जानेर यस्तो गल्ती गरेका हुन वा अन्जानमा भन्ने पनी खुल्न सकेको छैन ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)