धादिङ, ०९ आश्विन
भुतपुर्ब सैनिक कृषि सहकारी संस्था लिमिटेडको नवौँ बार्षिक साधारण सभा तथा चौँथो अधिबेसन सम्पन्न भएको छ ।
बिहिबार सम्पन्न भएको कृषि सहकारी संस्था लिमिटेडको चौँथो अधिबेसनबाट अध्यक्षमा बिनोद अधिकारी, उपाध्यक्षमा गणेश बाहादुर थापा, सचिवमा भुपेन्द्र कुमार श्रेष्ठ, सह–सचिवमा राम कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा नरबाहादुर सिंखडा र सह–कोषध्यक्ष रण बाहादुर श्रेष्ठ सहित ५ जनाको कार्य समिती चयन भएको छ ।
त्यस्तै साधारण सभा तथा अधिबेसनको अबसरमा कार्यक्रमका प्रमुख अथिती निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाद्धारा सहकारीबाट सञ्चालित बाख्रा फर्मको समेत उद्घाटन गरिएको छ । निलकण्ठ नगरपालिका वडा नम्बर–८ आरनटारमा रहेको उक्त बाख्रा फर्म रु. ३० लाख ६ हजार ३ सय ६९ लागतमा निर्माण भएको हो । फर्ममा हाल खरी र बोयर जातका २० वटा बाख्रा रहेको र ३ सय वटा सम्म बाख्रा पालन गर्न सक्ने क्षमताको रहेको संस्थाका अध्यक्ष विनोद अधिकारीले जानकारी दिनु भएको छ ।
भुतपुर्ब सैनिक कृषि सहकारी संस्था लिमिटेडमा हाल ८ सय ६७ जना सेयर सदस्य रहेका छन् ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)