धादिङ, ०५ साउन
पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै आज धादिङमा प्रदर्शन गरिएको छ । धादिङबेशीको पुछारबजारबाट निकालिएको जुलुसमा लामिछानेका समर्थनहरूको बाक्लो उस्थिति रहेको थियो ।
लामिछाने पक्राउ परेपछि उनका समर्थकहरुले धादिङ लगाएत देशभर नियमित जसो प्रदर्शन गरिरहेका छन् । लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण समेत उनीहरुले गरेका छन् । प्रहरीले जुन तरिकाले हचुवाको भरमा रवि लामिछाने लगायत अन्य दुई जनालाइ पक्राउ गरेको छ त्यही प्रक्रियाको बिरोध गरिएको उनले बताउनुभयो ।
न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उहाँका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले गएको बिहीवार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकारणमा पक्राउ गरेको थियो । आत्महत्या दुरुत्साहन गरेको आरोपमा लामिछाने, टिभी जर्ना्लिस्ट युवराज कँडेललाई प्रहरीले न्युज ट्वान्टी फोको काठमाडौंको पानीपोखरीस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।
सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको भन्दै पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर ¥यालीमा उत्रिएका थिए । ¥यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाईदैन, विधीको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्ता रिहा गर, रवि लामिछाने जिन्दावाद, जस्ता नारा लगाएका थिए ।
र्यालीमा करिब २०० जनाको हाराहारीमा सहभागिता रहेको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)