साउन १०, धादिङ
राज शाक्य
आर्थिक वर्ष २०७५/७६ मा धादिङ जिल्ला अदालतमा बिभिन्न बिषयमा ८ सय ८८ मुद्धा दर्ता भएको छ ।
धादिङ जिल्ला अदालतमा मुद्धा दर्ताको चाप अत्याधिक बढेको धादिङ जिल्ला अदालतका श्रेस्तेदार शाखा अधिकृत नमराज दङ्गालले बाउनु भएको छ । उहाँका अनुसार आ.ब. २०७४/७५ मा दर्ता भएको मुद्धा मध्ये २ सय ८० थान मुद्धा आ.ब.२०७५/७६ मा सरेको थियो । जिल्ला अदालत धादिङमा आ.ब. २०७४/७५ र आ.ब. २०७५/७६ मा दर्ता भएको कुल मुद्दा ११ हजार ६८ थान मुद्दा रहेको रहेको थियो । जस मध्ये ७ सय २५ थान मुद्दा फैसला भएको छ । आ.ब. २०७५/७६ मा ४ सय ४३ थान मुद्धा अझै फैसला हुन सकेका छैनन् जुन मुद्धा आ.ब. २०७६/७७ का लागी सरेको छ । यस्तो तथ्याङ्कलाई हेर्दा मुद्दाको संख्या बढ्दै गएकाले व्यवस्थापनमा चाप परेको श्रेस्तेदार शाखा अधिकृत दङ्गालले जानकारी दिनुभएको छ ।
जिल्ला अदालतले आ.ब. २०७५/७६ मा फैसला कार्यान्वयन तर्फ ७२ दशमलब ०७ प्रतिशत मुद्दा कार्यान्वयन भएको जनाएको छ । जिल्ला अदालत धादिङले आ.ब. २०७४/७५ मा लक्ष्य भन्दा बढी मुद्दा फैसला गर्दै ३ नम्बर प्रदेशमा अब्बल जिल्ला अदालतको रुपमा सावित भएको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)