ढोला मण्डली बाट फर्केको ट्रक दुर्घटना; ६ जनाको मृत्यु

 ७ माघ २०७६, मंगलवार १८:२२  मा प्रकाशित

धादिङ ०७ माघ
धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बसेको ट्रक दुर्घटना भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जनाको उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको हो ।

दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । ढोला मण्डलीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक अत्याधिक यात्रु बोकेर तिव्र गतिमा गाडी कुदाएका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेहरुलाई स्थानीय बासिन्दा र नेपाल प्रहरी र साेसल भाेलेन्टरहरुले उद्धार गरेका थिए ।

घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ । गम्भीर ८ जना घाइतेहरुलाई हेलिक्प्टरबाट थप उपचारको लागि काठमाडौँ लाने लगिएकाे धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो ।

७ माघ २०७६, मंगलवार १८:२२  मा प्रकाशित

Write your Comment