साप्ताहिक सरसफाई अभियानमा जुट्दै स्थानीय सरकार

 ५ पुष २०७६, शनिबार २०:३०  मा प्रकाशित

धादिङ – ०५ पुष 
नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीकाे थाेपल र आसी खाेला क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिएको छ ।

सरसफाई अभियान अन्तर्गत आज नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित थोपलखोला क्षेत्र सरसफाई गरिएको हो । सरसफाई अभियानमा नीलकण्ठ नगरपालिका, नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, टोल सुधार समितिहरु, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, धादिङ सोसियल भोलेन्टियर लगायत विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

अबका दिनहरुमा यस्ता सरसफाई अभियनलाई निरन्तरता दिने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पाैडेलले बताउनुभएको छ ।

 

 

 

 

५ पुष २०७६, शनिबार २०:३०  मा प्रकाशित

Write your Comment