मोई थाई च्याम्पियनशिपका स्वर्ण पदक विजेता धमला सम्मानित

 ५ पुष २०७६, शनिबार २०:२१  मा प्रकाशित

धादिङ । थाईल्याण्डमा आयोजित मोई थाई च्याम्पियनशिप किक बक्सिङ प्रतियोगिताका प्रतिश्पर्धी धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं. ११ का शंकर धमला सम्मानीत हुनुभएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच धमलालाई शंखादेवी माध्यामिक विद्यालय र शंखादेवी माध्यामिक विद्यालयका भूपूृ बिद्यार्थी समाज निलकण्ठ नगरपालीका वडा नं ११ ज्यामरुङले संयुक्त रुपमा सम्मान गरेको हो ।

भूपू बिध्यार्थी शंकर धमलाले थाईल्याण्डमा मुई थाई किक बक्सिङ प्रतियोगिता अन्तर्गत स्वर्ण पदक जित्नुभएको खुसियालीमा शंखादेवी माध्यामिक विद्यालयले कार्यक्रमो आयोजना गरेको हो । धमलाको अन्तराष्ट्रिय प्रतियोगितामा यो दोश्रो जीत रहेको छ । उँहालाई विद्यालय र भूपू विद्यार्थी समाजले भिन्न भिन्नै रूपमा सम्मान गरेको थियो ।

भूपु विद्यार्थीहरूको तर्फबाट बोल्दै भूपू विद्यार्थी समाजका महाशचिव नवराज लम्सालले स्वर्ण पदक बिजेता धमलालाई बधाईदिँदै आगामी दिनमा अझ बढी पदक दिलाउन लाग्नु पर्ने बताउनु भयो ।

उँहाले डा. नवराज लम्साल, डा. ऋषिराज लम्साल, वरिष्ठ पत्रकार ऋषि धमला, पूर्व मन्त्री कल्पना धमला, पर्यटन टाईकुन बिएन ढकाल, शम्भु धमला, दिपक धमला, डा. होम बहादुर रिजाल, बिके लम्साल, युवा व्यवसायी शंकर श्रेष्ठ, बद्री खनाल, समाजसेवी भुवन गुरूङ, ईन्जिनियर कुमार धमला, महासेनानी टिका धमला लगायतका कयौं राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको चर्चित व्यक्तित्वहरु जन्माउन शंखादेवी माध्यामिक विद्यालयले ठुलो भुमिका खेलेको स्मरण गर्नुभयो ।

साथै सडक दुर्घटनामा परि निधन हुनु भएका भूपू विद्यार्थी राजन धमलाको सम्झनामा भूपू विद्यार्थीहरूको तर्फबाट विद्यालयलाई २ सय १० थान पुस्तक हस्तान्तरण गरिएको छ । साथै उहाँको सम्झनामा छिट्टै १ लाखको अक्षयकोष निर्माण गरि त्यसको व्याजबाट २ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढ्न सहयोग गर्ने कार्यक्रम समेत आफुहरुले तय गरेको बताउनुभयो । बैदेसिक रोजगारीको सिलसिलामा बिदेशमा देहावसान भएका थान बहादुर गुरूङको स्मृतिमा पनि केहि नयाँ काम गर्ने उँहाको भनाई छ । सोही कार्यक्रममा बोल्नुहुदै महासचिव लम्सालले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भूपू विद्यार्थीहरुलाइ अव देश देशान्तर सम्म एकिकरण गर्ने अभियान चलाउने बताउनु भयो ।
कार्यक्रकै अबसरमा विद्यालयद्धारा आयोजित खेलकुद प्रतियोगितामा विजेता खेलाडीहरुलाई पुरस्कार तथा सम्मान कार्यक्रम पनि गरिएको थियो । विद्यालयको शैक्षिक र भौतिक लगायत वर्तमान अवस्था बारेमा प्रधानाध्यापक नित्यानन्द सुवेदीले प्रकाश पार्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भूपु विद्यार्थी समाजका अध्यक्ष राम चन्द्र धमला र महासचिव नवराज लम्सालको बिशेष आतित्थ्य रहेको थियो । कार्यक्रममा पूर्व प्रधानाध्यापक भुमिनन्द धमला, शिक्षकहरू फडिन्द्र धमला, चन्द्र बहादुर लम्साल, समाजसेवी ईश्वरी बहादुर लम्साल, भूपू विद्यार्थी समाजका सदस्यहरू ज्ञान बहादुर श्रेष्ठ, बिष्णु घिमिरे, रमेश श्रेष्ठे अभिभावक र विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो ।

५ पुष २०७६, शनिबार २०:२१  मा प्रकाशित

Write your Comment