मार्पाक सामुदायिक क्लबलाई एम्बुलेन्स हस्तान्तरण

 ४ पुष २०७६, शुक्रबार १७:१८  मा प्रकाशित

धादिङ । निरञ्जना माध्यामिक विद्यालय मार्पाकको बृहत अभिभावक भेला तथा हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

प्रदेश ३ का सामाजिक विकास मन्त्रि युवराज दुलालले शिक्षाको विकासका लागि सरकारले सहयोग गर्ने बताउँदै एक पालिका एक प्राविधिक शिक्षा बनाउन जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको तर्फबाट एक पालिका एक प्राविधिक शिक्षाका लागि प्रधानाध्यापक विकास मगर र व्यवस्थापन समिति अध्यक्ष अधिकारीले ज्ञापनपत्र बुझाउँ प्राविधिक शिक्षा संचालनको माग गर्नुभयो ।

सोही अबसरमा नेत्रावती डबजोङ गाउँपालिका स्तरीय हिज्जे प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा निरन्जना मावि प्रथम, मंगलादेवि मावि द्वितिय र महेन्द्रवाराही मावि तृतिय भएको छ । पुरस्कृत प्रथम, द्वितिय र तृतिय हुने विद्यालयलाई क्रमश ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

सोहीअबसरमा नेपाल भारत मैत्री सहयोग अन्तरगत मार्पाक सामुदायिक क्लबका अध्यक्ष सुदिप अधिकारीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

४ पुष २०७६, शुक्रबार १७:१८  मा प्रकाशित

Write your Comment