डोलभञ्ज्याङ मावि च्याङलीमा गजुरी गाउँपालिका स्तरीय प्रधानाध्यापकहरुको भेला सम्पन्न

 ४ पुष २०७६, शुक्रबार १७:१३  मा प्रकाशित

धादिङ – ०४ पुष
गजुरी गाउँपालिका स्तरीय प्रधानाध्यापकहरुको भेला आज डोलभञ्ज्याङ मावि च्याङलीमा भएको छ ।

प्रधानाध्यापकहरुको भेलामा गजुरीगाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले गाउपालिकाका सबै शिक्षक तथा कर्मचारीका बालबालिकालाई सरकारी विदालयमा पढाउन आग्रह गर्नुभयो । शिक्षकका छोरा छोरी सामुदायिक विद्यालयमा नपढाए विद्यालय गुणस्तर सुधार गर्न नसकिने भएकोले शिक्षामा सुधार गर्न यस्तो बताउनुभएको हो ।

गजुरी गाउँपालिकामा ४५ सामुदायिक विद्यालयहरु रहेको छ । गजुरी गाउँपालिकाले शिक्षाको सिकाइ आदान प्रदान प्रधानाध्यापकहरुको भेला विभिन्न विद्यालयमा गर्दै आएको छ ।

४ पुष २०७६, शुक्रबार १७:१३  मा प्रकाशित

Write your Comment