कुटपिट मुद्दाका फरार प्रतिवादी ३१ वर्ष पछि पक्राउ

 ४ पुष २०७६, शुक्रबार १७:०३  मा प्रकाशित

धादिङ – ०४ पुष
कुटपिट मुद्दाका फरार प्रतिवादी ३१ वर्ष पछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत कुटपिट मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका २ साविक नलाङ गा.वि.स.वडा नं.८ का वर्ष ५७ को लाल बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धादिङ प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

श्रेष्ठलाई धादिङ जिल्ला अदालतबाट २०४५ मंसिर २७ गतेको फैसलाले ६ महिना कैद हुने ठहर गरेको थियो । प्रतिवादी श्रेष्ठलाई आजै धादिङ जिल्ला अदालत समक्ष पेश गरि उक्त कैद भुक्तानको लागी कारागार चलान गरिएको खड्काले जानकारी दिनुभयो ।

४ पुष २०७६, शुक्रबार १७:०३  मा प्रकाशित

Write your Comment