५ सय जना भन्दा बढि मनिस अट्ने गुफा ओझेलमा ( भिडियो सहित )

 २२ मंसिर २०७६, आईतवार २०:१३  मा प्रकाशित

धादिङ,मंसिर २२

राज शाक्य – सरकारले घोषणा गरेको सय गन्तव्य भित्र परेको धादिङको बेनीघाट रोराङ गाँउपालिकामा रहेको नोहक गुफा ओझेलमा परेको छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण नोहक गुफाको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको हो । परापूर्वकालमा जंगलमा मृगको सिकार गर्ने क्रममा नोहक गुफा पत्ता लागेको जनविश्वास रहेको छ । नेपालका गुफा मध्ये नोहक गुफा सुन्दर र रमणिय रहेकाले पर्यटकीय गन्तव्यमा पर्ने गरी सरकारले घोषणा गर्नु पर्ने गुफा संरक्षण समितीका अध्यक्ष चाम बाहादुर चेपाङ भएको बताउँछन् । गुफाको प्रवेश मार्ग पुग्दा झित्री बाटोहरु चौतर्फी फैलिएको र पानी झरेको आवाज सुनिन्छ । उनले भने भित्र जाँदा रमाईलो दृश्य देख्न सकिन्छ तर डर लाग्दो पनि छ ।

गुफा सम्म आउनका लागी सडकको बिस्तार नभएका कारण गुफा सम्म पैदल यात्रामा सहज बनाउन लागी सिंढी बाटो निर्माण गरिएको छ । स्थानिय पहल र बिभिन्न संघ सस्थाको सहयोगमा १ प्रतीक्षालय, २ सुविधा सम्पन्न शौचालय निर्माण गरिएको अध्यक्ष चेपाङले बताए ।
गुफा भित्र झन्डै तीन तला सम्म मज्जाले हिंड्डुल गर्न मिल्ने र ३ दखि ५ सय जना सम्म बस्न मिल्ने चुन पग्लेर बनेको भगवानका आकृति पनि रहेको छ । नोहक गुफा पर्यटन प्रवर्धन गर्न केहि वर्ष अघि गुरुयोजना बनाएर नोहक गुफा क्षेत्रको पूर्वाधार निर्माण समेत गरेको थियो ।

पूर्वाधार निर्माण बिकास संगै प्रचारप्रसार गरेर पर्यटक भित्र्याउँने बेनिघाट रोराङ गाँउपालिकाका प्रशासकिय अधिकृत लक्ष्मण प्रशाद भट्टराईले बताउनु भएको छ । उनका अनुसार भम्रण वर्ष २०२० मा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउँने तयारीमा लाग्ने बताएका छन् । सडक बिस्तार गर्न र प्रचार प्रसार गर्न सके सहज रुपमा ओझेलमा परेका नोहक गुफालाई चर्चामा ल्याउन सकिने भट्टराइले बताए ।

नोहक गुफा बजार देखि २१ किमि दुरीमा रहेको छ । बेनिघाट रोराङ गाँउपालिका वडा नम्बर–८ का पर्यटकीय क्षेत्र नोहक गुफालाई समेटेर पर्यटन गुरुयोजना तयार पारेको छ । पर्यटकीय सम्भावना रहेका ठाउँको पहिचान गरी डी.पी.आर. तयार गरेको छ ।

२२ मंसिर २०७६, आईतवार २०:१३  मा प्रकाशित

Write your Comment