एकै कोठामा ३ ओटा सम्म कक्षा सञ्चालन

 २२ मंसिर २०७६, आईतवार १९:४२  मा प्रकाशित

धादिङ,मंसिर २२

राज शाक्य

धादिङको बेनिघाट रोराङ गाँउपालिकामा रहेको सूर्योदय आधारभुत बिद्यालयमा कक्षा कोठाको अभाव भएको छ ।

बिद्यालय कक्षा कोठाको अभाव हुदा एकै कोठामा ३ ओटा सम्म कक्षा सञ्चालन हुदै आएको हो । बेनिघाट रोराङ गाँउपालिका ८ भुवा भञ्याङमा अधारभुत विद्यालयमा ३ वटा कक्षाको पढाइ एउटै कोठामा हुने गरेको छ । कक्षा कोठाको अभावका कारण बाल कक्षा, कक्षा १ र २ का विद्यार्थीहरुलाई एउटा कोठा र कक्षा ३, ४ र ५ कक्षाका बिद्यार्थीलाई एउटा कोठामा राखेर पठनपाठन गराउदै आएको सहायक–प्रधानाध्यापक लाल बाहादुर श्रेष्ठले बताउनु भएको छ । कक्षा कोठाको अभाबको बिषयमा सरोकारवाला संग पटकपटक ध्यानाकर्षण गराउदै आएपनि कसैले चासो नदेखिएको श्रष्ठले बताउनु भएको छ ।

कक्षा १ देखि ५ कक्षा सम्म संचालन भएको विद्यालयमा ३ ओटा कोठा मात्र रहेको छ । १ कोठा कार्यालय र २ कोठा बिद्यार्थीका लागी कक्षा कोठाको रुपमा प्रयोग भएको छ । ५ कक्षा सम्म पढाई हुने सूर्योदय आधारभुत विद्यालयमा जम्मा ८५ जना बिद्यार्थी छन ।

२२ मंसिर २०७६, आईतवार १९:४२  मा प्रकाशित

Write your Comment