धादिङ महोत्सवमा आज चर्चित गाएक सरोज लामिछाने र गायिका जेरी आउदै

 १५ मंसिर २०७६, आईतवार ०९:०३  मा प्रकाशित

धादिङबेशीमा मङसिर १३ गते देखि सुरु भएको “कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६” मा आज चर्चित गायक सरोेज लामिछाने र गायिका बबिता बाँनिया(जेरी) आउने भएको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित रायटारमा जारी धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मा आउने आयोजकले जानकारी दिएको छ । महोत्सवमा गायक/गायिका जेरी र लामिछाने संगै हास्यकलाकार शिवहरी पौडेल,दमन रुपाखेति,डिलराज पौडेल,अमृत सापकोटा लगायत स्थानिय प्रतिभाहरुको प्रस्तुती रहने धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६का सांस्कृतिक समितिका संयोजक दिपक कोईरालाले जानकारी दिनुभयो ।

धादिङ महोत्सवमा आज आउदैछन् यी कलाकार

मंसिर १३ गतेदेखि शुरु भएको महोत्सव मंसिर २३ गतेसम्म चल्नेछ ।

१५ मंसिर २०७६, आईतवार ०९:०३  मा प्रकाशित

Write your Comment