थानेश्वर गौतमले मान्छे कुटेर केटि भगाएपछि (भिडियो हेर्नुहोस्)

 १४ मंसिर २०७६, शनिबार ०९:३१  मा प्रकाशित

धादिङ – थानेश्वर गौतमको एउटि केटि सङ्ग प्रेम थियो । तर त्यो प्रेमलाई गौतम को प्रेमिका को दिदिले स्वईकार नगरेपछि उनै प्रेमिकाको भेनाजुको भाई सङ्ग सहयोग माग्न पुग्छ ।

१० हजार पाउने भएपछि उसले सहयोग गर्ने बाचा गर्छ तर पछि सबै बाचा भुलेर उक्त पुरुषले धोका दिन लागेको गौतमले थाहा पाएपछि गौतमले उसलाई कुटेर आफ्नो प्रेमिका भगाएको कुरा लोकप्रिय गायक थानेश्वर गौतमको नयाँ म्युजिक भिडियोमा प्रष्टै देख्न सकिन्छ ।

फरक -फरक शैलिमा विभिन्न गितहरु बजारमा ल्याएर चर्चा बटुल्न सफल गौतमले यसपालि पनि “खान्न भाउजु मस्यौरा सिन्की पकाईदेउ” नामक जननी नेपाल युटुब च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त मनोरञ्जनात्मक भिडियोमा दुर्गा पौडेलको शब्द, थानेश्वर गौतमको स्वर र संगीत र हरी केसीको निर्माणमा रहेको छ भने उदयराज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ र हरि केसीकै परिकल्पना रहेको छ ।

चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमले यस अघी पनि दर्जनौं गितहरु बजारमा ल्याईसकेका छन् । समसामयिक गितहरुलाई सुरिलो स्वर र संगीतले सजाउने गौतम पछिल्लो समयमा निकै लोकप्रिय गायक बनेका छ्न । पढाईमा पनि उतिकै अब्बल गौतम बहुप्रतिभाका धनी छन् ।
भिडियो हेर्नुहोस् :

१४ मंसिर २०७६, शनिबार ०९:३१  मा प्रकाशित

Write your Comment