बाघको छाला सहित ६ जना पक्राउ

 ८ मंसिर २०७६, आईतवार १३:४८  मा प्रकाशित

धादिङ, ८ मंसीर
धादिङको गजुरी गाउँपालिका वडा नं २ चालिसेबाट पाटे बाघको छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।

बाघको छाला बेचविखन गर्ने उदेश्यले ओसारपसार हुँदैछ भन्ने गोष्य सूचनाको आधारमा प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय धादिङको संयुक्त टोलीले शनिबार पक्राउ गर्न सफल भएका हुन् । पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नं ३ बस्ने ३७ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ बस्ने ५७ वर्षीय सन्त तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ बस्ने २१ वर्षीय राजकुमार तामाङ रहेका छन् ।

वालसिंह भन्ने ठाउँबाट राजमार्गतर्फ मोटरसाइकलमा बोकी ल्याईदै गरेको अवस्था पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

बाघको छालासहित उनीहरु सवार बा १८ प ९६९३, ग ७ प ५९६३ र ग ६ प १६४५ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । साथै उनीहरुले प्रयोग गरिएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।

८ मंसिर २०७६, आईतवार १३:४८  मा प्रकाशित

Write your Comment