एकाविहानै धादिङमा जन्ती बोकेको बस दुर्घटना हुदा १ जनाको मृत्यु, १७ जना घाइते

 ८ मंसिर २०७६, आईतवार १२:२७  मा प्रकाशित

धादिङ, ८ मंसीर

धादिङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।

धादिङको पृथ्वी राजमार्ग को गल्छी गा.पा – ६ बैरेनिमा बिहान साढे ४ बजे नुवाकोट बासगडी बाट बारा अमलेखगञ्ज तर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको बिबाहको बस आफै अनियन्त्रित भै दुर्घटना परेको हो ।

दुर्घटनामा परी बसमा सबार नुवाकोट बेल्कोटगढी न.पा – ५ घर भएको १४ बर्ष कि बालिका डोल्मा तामाङ को घटना स्थलमै मृत्यु भएको र घाईते १७ जनालाइ ट्रमा सेन्टर लगिएको हो । घाइते हरुको नाम खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यलय ले जानकारी दिएको छ ।

उक्त बसमा सबार ४० यात्रु थिए ।

८ मंसिर २०७६, आईतवार १२:२७  मा प्रकाशित

Write your Comment