मन्त्रीबाट हटाइए लगत्तै गोकर्ण विष्टले फेसबुकमा यस्तो लेखे

 ५ मंसिर २०७६, बिहीबार १५:४०  मा प्रकाशित

काठमाडौं, ५ मंसीर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा हुँदा आम जनतामा राम्रो छाप छोड्न सफल भएका गोकर्ण विष्ट मन्त्री पदबाट हटाइएपछि आफूले मन्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरेको बताएका छन् ।

मन्त्री पद खोसिए लगत्तै फेसबुकमा स्टाट्स लेग्दै वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र बेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको उल्लेख गरेका छन् ।

उनले सामाजीक सञ्जाल Facebook मार्फत यस्तो लेखेका छन्: जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !

५ मंसिर २०७६, बिहीबार १५:४०  मा प्रकाशित

Write your Comment