साउनदेखि कात्तिक सम्म धादिङमा ८ सय ७६ पिन्ट रगत सङ्कलन (विवरण सहित)

 ३ मंसिर २०७६, मंगलवार १७:१७  मा प्रकाशित

धादिङ, ०३ मंसिर
धादिङमा आर्थिक वर्ष ०७६/०७७ को साउनदेखि कात्तिक सम्म ८७६ पिन्ट रगत सङ्कलन गरिएको छ ।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र सोहि अनुसार आर्थिक वर्ष ०७६/०७७ को साउनदेखि कात्तिक सम्म ८७६ पिन्ट रगत सङ्कलन गरिएको नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा धादिङका सदस्य नारायन कुमार श्रेष्ठले बताउनुभएको छ ।

विशेष गरि दुर्घटनामा परेका घाईते तथा बिरामीलाई सहजै रुपमा रगत उपलब्ध गराउने उद्धेश्यले जिल्लाका बिभिन स्थानमा भिभिन्न कार्यक्रम को अवसर पारी रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले आर्थिक वर्ष ०७६/०७७ मा ३ हजार ५ सय पिन्ट रगत सङ्कलन गरी घाइते तथा बिरामीहरुलाई सहज रुपमा उपलब्ध गराउने लक्ष्य रहेको श्रेष्ठले धादिङ स्काई सञ्चार डटकम लाई बताउनुभयो।

आर्थिक वर्ष ०७६/०७७ को साउनदेखि कात्तिक मसान्तसम्म धादिङका बिभिन्न स्थानमा भएका रक्तदान कार्यक्रम ।
धादिङ सोसियल भोलेन्टियर नेपाल- १९२ पिन्ट
रोटरी कल्ब अफ धादिङ -११६ पिन्ट
श्रोत परिचालन साकोस धादिङ – ११५ पिन्ट
निलकण्ठ महिला साकोस धादिङ – ८५ पिन्ट
शिव ज्योति महिला साकोस धादिङ – ७३ पिन्ट
साङग्रिला बिकास बैंक गल्छी धादिङ – ६८ पिन्ट
नेपाल रेडक्रस सोसाईटी धुषा उप शाखा – ६२ पिन्ट
शान्वी मोटर पार्टस् धादिङ – ४५ पिन्ट
नेपाल रेडक्रस सोसाईटी धादिङ र कर्मचारी मिलन केन्द्र धादिङ सयुक्त – ४३ पिन्ट
नेवा देय् दवू धुनिवेशी नगर पालिका धादिङ – ३९ पिन्ट
नेपाली काङ्ग्रेस जिल्ला समिति धादिङ – ३८ पिन्ट

३ मंसिर २०७६, मंगलवार १७:१७  मा प्रकाशित

Write your Comment