आक्रोशित स्थानियले गरे आरुघाट क्षेत्रको धादिङ र गोरखा तर्फका बजारहरु बन्द

 २ मंसिर २०७६, सोमबार १७:१४  मा प्रकाशित

धादिङ, ०२ मङ्सिर
मुआब्जा निर्धारण नगरेको भन्दै आरुघाट क्षेत्रको धादिङ र गोरखा तर्फका बजारहरु बन्द गरेका छन् ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाले जग्गा रोक्का राखेको तीन वर्ष सम्म मुआब्जा निर्धारण नगरेको भन्दै आरुघाट क्षेत्रको गोरखा र धादीङ तर्फका आक्रोशित स्थानीयले विद्यालय, बजार, बित्तिय संस्था सरकारी कार्यालय सबै बन्द गराएका हुन् ।

आरुघाट क्षेत्रको गोरखा र धादीङ तर्फका स्थानीय बजार ठप्प बनाएर घरेलुचौरमा भेला भएको थियो । भेलालाई सम्बोधन गर्न धादिङका प्रदेश संसद डा.रामकुमार अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नं. प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारी, नेपाली काँग्रेस गोरखाका सचिव नन्दु न्यौपाने समेत स्थानीयहरुको प्रदर्शनलाई समर्थन गर्दै सहभागि भएका थिए । स्थानीहरुको प्रतिनीधित्व गर्दै मुआब्जा निर्धारण प्रक्रिया सुचारु गर्न आयोजनालाई आब्हान गर्ने भएको छ ।

लामो समय घर जग्गा रोक्का हुँदा किनबेच गर्न, ब्यापारी प्रयोजनका लागि बैकमा राख्न नपाएको स्थानियहरुले गुनासो गरेका छन् ।

२ मंसिर २०७६, सोमबार १७:१४  मा प्रकाशित

Write your Comment