धादिङमा अपराधका घटना बढ्दो

 २ मंसिर २०७६, सोमबार १७:०८  मा प्रकाशित

धादिङ, ०२ मङ्सिर

धादिङमा पछिल्ला वर्षहरुमा अपराधका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यलय धादिङको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा ४ सय ३७ मुद्धा दर्ता भएका छन् । बिभिन्न शिर्षकमा दर्ता भएको मुद्धा मध्ये ३०८ फर्छौट भएकोमा ३ सय ७५ जना पक्राउ परेका छन् भने ६३ जना फरार भएका छन् । दर्ता भएको मुद्धा मध्ये ६० थान फर्छौट हुन बाकी रहेको छ ।

आर्थिक बर्ष ०७६/७७ को गत काक्र्तिक मसान्त सम्ममा जिल्ला प्रहरी कार्यलय धादिङमा १ सय ३३ मुद्धा दर्ता भएका छन् । बिभिन्न शिर्षकमा दर्ता भएको मुद्धा मध्ये ३४ फर्छौट भएकोमा १ सय २ जना पक्राउ परेका छन् भने ७७ जना फरार भएका छन् । दर्ता भएको मुद्धा मध्ये ३४ थान फर्छौट हुन बाकी रहेको छ । जुन पछिल्लो समय झनै बढ्दो क्रममा छ । २०७४/७५ र २०७५/०७६ मा ८ सय ६० मुद्धा दर्ता भएकोमा ६७४ पक्राउ परेका छन् भने १ सय १८ फरार भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार संगठित तथा आर्थिक अपराधका अधिकांश घटनामा छिटो धनी बन्ने लालसाका कारण घटना भएको छ । अशिक्षा, गरिबी र विपन्नताको कारणले समाजमा अपराध बढ्ने गरेको प्रबक्ता खड्काको भनाई छ । प्रवक्ता खड्काले आफूहरू अहिलेको शान्ति सुरक्षाको अवस्थाबाट पूर्ण रूपमा सन्तुष्ट नरहेको र सुधारको प्रयास गरिरहेको बताउनु भएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार सामाजिक अपराध अन्तर्गत जातीय भेदभाव तथा छुवाछुत, कुटपिट अंगभंग लगायत मुद्दा रहेका छन् । त्यस्तै संगठित तथा आर्थिक अपराध पनि बढ्दो क्रममा रहेको छ । जसमध्ये जुवा, ठगी, लागू औषधको कारोबार, कालोबजारी, अपहरण तथा शरीर बन्धक, अवैध चन्दा संकलन सम्बन्धी मुद्दालाई प्रहरीले संगठित तथा आर्थिक अपराध भनेर उल्लेख गरेको छ ।

संगठित अपराध मध्ये सबै भन्दा धेरै लागू औषध कारोबार गर्नेको संख्यामा पनि बृद्धि भएको छ । विगतमा भन्दा पछिल्ला वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैती जस्ता गम्भीर प्रकृतिका अपराध बढेको जिल्ला प्रहरीको तथ्याङ्कले पुष्टि गरेको छ ।

२ मंसिर २०७६, सोमबार १७:०८  मा प्रकाशित

Write your Comment