१२ फिट अग्लो पर्खाल नाघेर कैदी कारागारबाट भागे

 १ मंसिर २०७६, आईतवार १५:०३  मा प्रकाशित

हेटौंडा, १ मंसिर
कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय भोगिरहेका एकजना कैदी भीमफेदी कारागारबाट भागेका छन् ।

सुनसरी बकुलरीका ३० वर्षीय कुलदीप राज धामी कारागारबाट शनिबार राति भागेका हुन् ।सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको कारागारको १२ फिट अग्लो पर्खाल नाघेर धामी भागेको कारागारका जेलर प्रकाश खनालले बताए ।

राति कैदी फरार भएको खबर पाएपछि खोजी थालिएको कारागारले जनाएको छ ।

१ मंसिर २०७६, आईतवार १५:०३  मा प्रकाशित

Write your Comment