जताततै थानेश्वर गौतमको “कालो चस्मा” को चर्चा

 १ मंसिर २०७६, आईतवार १४:४९  मा प्रकाशित

नेपाली शास्त्रीय गजल गायनमा फरक प्रभाव जमाउँदै नेपाली मौलिक गीत सालैजो, रोइला ,पञ्चेबाजा ,चलचित्र जुन सुकै बिधामा उतिकै सफल चर्चित गाएक तथा संगीतकार थानेश्वर गौतमले दर्शक तथा श्रोताका लागि नयाँ कोसेली लिएर आएका छन् ।

जस्तासुकै गीत पनि गाउन सक्ने मेलोडियस गायक भनेर परिचय बनाएका गौतमले यसपटक भने एक फरक डानसिङ्ग गित/म्युजिक भिडियो ‘कालो चस्मा’ सार्बजनिक गरेका छन् ।

उनको ‘बिर्सिएर शृङ्गारमा गाजल लगाईनछ्यौ’ भन्ने गजल लगायत सिन्र्दु लाउने होली माया , मार्‍यो नि मायाले , स्याङ्जा गए पाल्पा गए, छ म सग् , चोलियाको तुना, पिउने पनि रहरर छ, जस्ता गीतहरुले चर्चाको शिखरमा पुगेका गजल गायक गौतमले शास्त्रीय संगितमा स्नाकोत्तर गरेका छन ।

बेलायतमा बस्दै आएका गीतकार मणि गौतमको शब्द अनि थानेश्वर गौतमको आवाज र संगीत अनि राजन इशानको एरेन्ज लगायत किशोर थापाको मिक्सिङ रहेको यो गीत ‘कालो चस्मा’ गौतमले आफ्नै युटुब च्यानल जननी नेपालबाट रिलिज गरेका छन्।

यस गीटको भिडियिमा गाएक स्यमकै र अन्जु चौलागाईंको अभिनयलाई बिरेन्द्र भट्टले छायांकन गरेका हुन भने कुशल निर्देशक रोजल थापाको निर्देशन अनि रोहित बस्नेतको कोरियो ग्राफी लगायत र अनिल रानाको सम्पादन रहेको छ।

भिडियो:

१ मंसिर २०७६, आईतवार १४:४९  मा प्रकाशित

Write your Comment