लागु औषध मुद्दाका फरार अपराधी ४ महिना पछि पक्राउ

 २८ कार्तिक २०७६, बिहीबार १७:०१  मा प्रकाशित

धादिङ, २८ कात्तिक
लागु औषध मुद्दाका फरार अपराधी ४ महिना पछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले फरार रहेको ब्यक्तिलाई बुधबार जिल्ला प्रहरी कार्यलय धादिङमा बुझाएको र आज निजलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता र सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार रहेका मोरङ उर्लाबारी घर भई हाल कास्की जिल्ला पोखरा लेखनाथ महा–नगरपालिका वडा नम्बर–५ पर्स्याङ बस्ने ३४ बर्षिय राम बहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

जिल्ला अदालत धादिङबाट लागु औषध मुद्दामा गत असार २२ गतेको फैसलाले निजलाई १ वर्ष ६ महिना कैद र रु. १५ हजार रुपैया जरिवाना सुनाएको थियो ।

२८ कार्तिक २०७६, बिहीबार १७:०१  मा प्रकाशित

Write your Comment