चर्चित र्‍यापर भिटेन पक्राउ

 ७ कार्तिक २०७६, बिहीबार १४:३९  मा प्रकाशित

काठमाडौं, ७ कात्तिक 
‘हामी यस्तै त हो नि ब्रो …’ बोलको र्‍याप गीत गाएर चर्चामा आएका ‘भिटेन’ भनिने समिर घिसिङ पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको र उनीमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

केही दिनअघि मात्रै ‘ह्याप्पी तिहार, चिसो बियर…’ भन्दै गीत गाएका दुर्गेश थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएर गीतबाट केही शब्द हटाउने सर्तमा छोडीदिएको थियो ।

७ कार्तिक २०७६, बिहीबार १४:३९  मा प्रकाशित

Write your Comment