सामुदायिक विद्यालय निरन्जना मा.बि. मा CCTV जडान हुदै

 २९ आश्विन २०७६, बुधबार १४:२८  मा प्रकाशित

धादिङ, २९ आश्विन

धादिङ्गकाे उत्तरी क्षेत्रमा नै पहिलो पटक नेत्रावती डबजाेङ्ग गाउपालिका वडा नं. – १ मा रहेकाे सामुदायिक विद्यालय श्री निरन्जना मा.बि. मा कार्तिक १ गते CCTV जडान हुदै छ ।

२०५६ Batch का बिध्यार्थीहरु द्वारा विद्यालयमा थान – ८ CC क्यामेरा फिट गरिदिनुकाे साथै थान-१ Projector र केही White Board हरु हस्तान्तरण समेत गर्ने कार्यक्रम रहेकाे छ मार्पाक सामुदायिक क्लब का महासचिव काजिराम अधिकारी बताउनु भयो ।

कार्यक्रममा २०५६ Batch का बिध्यार्थीहरुलाई पढाउनुभएका १५ जना शिक्षक तथा शिक्षिकाहरु लाई सम्मान समेत गर्ने कार्यक्रम तय गरिएकाेछ । उक्त अबसरमा गाउपालिका स्तरिय नेपाली तथा अग्रेजी सुन्दर हस्तलेखन प्रतियाेगिता समेत गरि नगद पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । हस्तलेखन प्रतियाेगितामा प्राथमिक तह, निम्न माध्यामिक तह र माध्यामिक तह गरि ३ तहकाे प्रतिस्पर्धा रहनेछ ।

उक्त कार्यक्रम मार्पाक सामुदायिक क्लब का महासचिव काजिराम अधिकारी र नेत्रावती पराेपकार समाजका अध्यक्ष हाेम अधिकारीकाे संयुक्त संयाेजनमा हुन गईरहेकाे हो ।

२९ आश्विन २०७६, बुधबार १४:२८  मा प्रकाशित

Write your Comment