बुबाको चौरासी पुजामा नाँच्दा नाच्दै लडेर छोराको निधन

 २८ आश्विन २०७६, मंगलवार १५:५०  मा प्रकाशित

सन्धिखर्क-  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ बामरुक भालुपोखरा निवासी एक युवकको लडेर निधन भएको छ ।

आफ्नो बुबाको चौरासी पुजा चलिरहेकै अबस्थामा घरभन्दा माथ्थिर पंचेबाजाको धुन संगै स्थानिय निम्तालु नाँचेको स्थानमा गै नाँच्ने क्रममा सोही ढिकबाट लडेर आँगनमा आई गम्भीर घाइते रामु बि. सि. भुसालको ४२ बर्षको उमेरमा असौज २६ गते राती ११ बजेतिर उपचारको सिलसिलामा जिल्ला अस्पताल ल्याउने क्रममा निधन भएको स्थानीय दल बहादुर भट्टराईले जानाकारी दिनु भएको छ।

पुजाको मण्डलमा बसेकै अबस्थामा जुरुक्क उठेर गएको छोराको केही मिनेट भित्रको निधन सम्झदै बुबाले रुँदै बरु म जाने बेला हो आज यस्तो कल्कलाउँदो उमेरको छोरालाई बिदा गर्नुपर्‍यो भक्कानिंदै आफ्नो पीडा पोख्नु भयो । पुजाको रमाइलो माहोलमा जमघट र खुशियाली माहोल एक्कासि रुवाबासिमा परिणत हुँदा बामरुक क्षेत्र नै कोलाहल मच्चिएको थियो भने सो क्षेत्र नै शोकमग्न भएको थियो ।

आमा ,दाइ , भाउजू सबै गुमाएका उहाँ सबैको आँखाको नानी हुनुहुन्थ्यो वडा अध्यक्ष खडक प्रसाद भुसालले बताउनु भयो। घटनाको जानाकारी पाउना साथ सगरमाथा ट्राबल्स र सुपा देउराली ट्राबल्स बाट प्रतिनिधि आएर पिडित परिबारलाई सान्त्वोना सहित १ लाख ६० हजार १लाख ६०हजार रुपैया दिने घोषणा गर्नु भएको थियो।

अहिले पुरै मालारानी ७ बामरुक भालुपोखरा शोकमग्न भएको छ ।

२८ आश्विन २०७६, मंगलवार १५:५०  मा प्रकाशित

Write your Comment