नेपाली कांग्रेस धादिङले गर्यो शुभकामना आदान प्रदानको साथमा रक्तदान कार्यक्रम

 २६ आश्विन २०७६, आईतवार १६:५९  मा प्रकाशित

धादिङ, २६ असोज

नेपाली कांग्रेसले सदरमुकाम धादिङ बेसीमा आइतबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम एवं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११४० तथा छठ पर्व २०७३ को अवसरमा कांग्रेसले उक्त कार्यक्रम गरेको हो । नेपाली कांग्रेस धादिङले शुभकामना आदानप्रदान र चियापानसंगै पछिल्लो समय स्वास्थ्य संस्थाहरूमा देखिएको रगतको उच्च आवश्यकतालाई ध्यानमा राखी रक्तदान कार्यक्रम पनि गरेको हो ।

महिला ३ जना र पुरुष ३५ जना गरि जम्मा ३८ जनाले रक्तदान गरेको छ । धादिङबेशी स्थित बि.पी.स्मृती भवनमा भएको शुभकामना तथा चियापान कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङका सभापति रमेश धमलाले संविधान संशोधन प्रक्रियामा सरकार पक्ष र बिपक्ष बीच सहमति प्रक्रियाबाट अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।

नेपाली काङग्रेस पार्टीले धर्म, जाज जाति, भेष भाषा र संस्कृतिलाई निरन्तरण संरक्षण गर्ने पार्टी भएको धमलाले दावी गर्नु भएको थियो । नेपाली काग्रेस जिल्ला कार्यसमिति धादिङले बिगत बर्षहमा पनि कोजाग्रत पुर्णीमाका दिन चियापान तथा शुभकामना आदानप्रदान गद्रै आएका थियो ।

चियापान तथा शुभकामना कार्यक्रममा संघीय सांसद भ“मी त्रिपाठी, प्रहरी नायव उपरीक्षक रुपक खड्का, नेपाली काङग्रेस धादिङका पुर्व सभापति रामनाथ अधिकारी लगायत नेपाली काङग्रेस धादिङका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

२६ आश्विन २०७६, आईतवार १६:५९  मा प्रकाशित

Write your Comment